श्यामशितल परियार ।
लमजुङ, पुस २८ ।
लमजुङबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले स्वास्थ्य क्षेत्रमा माफियाहरु हावी भएको बताउनुभएको छ । राईनास नगरपालिका वडा नं ३ अल्काटारमा स्थानीय अल्काटार युवा क्लवको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन एवम् भवनको शिलान्यास गर्दै गुरुङले यस्तो बताउनुभएको हो । राज्यले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधानले नै स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अधिकार सुनिश्चित गरेकाले अवको केही महिनामै उक्त कार्यको थालनी हुने समेत उहाँले ठोकुवा गर्नुभयो । उपलव्ध श्रोत साधनको भरपुर उपयोग गरी कुनाकाप्चासम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्याउनुपर्छ भन्ने मान्यताका साथ आफुहरु अघि बढेको पनि उहाँले बताउनुभयो ।
‘दूरदराजमा रहेका नागरिकसम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्याउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
आर्थिक रुपमा पछाडि परेका नागरिक सामान्य रोगको उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ बताउँदै उहाँले अव यो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा राज्यले ध्यान नदिने हो भने नेपाली जनताको स्वास्थ्य स्थितिमा झनै ह्रास आउने खतरा छ,’ उहाँले थप्नुभयो ।
जिल्लाको समग्र पक्षको विकासका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
प्रदेश नम्बर ४ का सांसद धनञ्जय दवाडीले एउँटा गाउँमा रहेका युवा क्वल भएता पनि समाजिक क्षेत्रमा सक्रिय भएको भन्दैँ अझै सामाजिक क्षेत्रमा क्रियाशिल हुन आग्रह गरे । उनले समाजमा अनुत्पादक क्षेत्रमा समय खेरा गएको समयमा स्वास्थ्य शिविरको आयोजना गर्नु आफैमा ठूलो कुरा भएको समेत दावी गरेका छन् ।
स्थानिय अल्कटार युवा क्वल को आयोजना र चितवन मेडीकल केलेजको सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरमा मेडिकल कलेजवाट विशेषज्ञहरुवाट सेवा प्रदान गरिने भएको छ । जस अन्नतरगत जनरल सर्जरी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग, दन्त रोग, हाड जोर्नी, छाला रोग, नाक, कान, घाँटी रोग र नशा तथा मानसिंक रोग विशेषज्ञ सेवा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
शिविरमा भिडियो एक्सरे तथा इसीजि सेवा पनि उपलव्ध गराईने भएको क्वलका उपाध्यक्ष सोवित पन्तले जानकारी दिए । विगतमा पनि युवा क्वलले चितवन मेडिकल कलेजको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि राइनास तथा वरपरका १२ सय भन्दा बढि विरामीहरुको स्वास्थय परिक्षण तथा निशुल्क औषधी वितरण सम्पन्न गरेको थियो ।
स्थानिय स्तरमै सक्रिय क्लवले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र समाजमा र सामाजिक क्षेत्रमा केही उल्लेख्नीय कार्य गर्नुपर्छ भन्ने उद्देश्यका साथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको क्वलका अध्यक्ष सन्तोष पाण्डेले बताउनुभयो । स्थास्थ्य क्षेत्रको पहुँचबाट अलि टाढा रहेको राइनास क्षेत्रका स्थायिनहरुको समस्यालाई मध्यनजर गर्दे शिविरको आयोजना र सञ्चालन भएको समेत उहाँले बताउनुभयो ।
