मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
पुस १६
पुरानो रुढीवादी परम्परालाई तोड्दै लमजुङमा सम्भवतः पहिलोपटक बुहारीले आफ्नै सासुलाई दागबत्ती दिएका छन् ।
लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिनुभएको हो । मृतक बुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिई किरिया बस्नु भएको हो ।
अझैपनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ, ‘सोविताले भन्नुभयो, ‘यो परम्परालाई तोड्न र आँट गरे महिलाहरु पनि सक्षम छन,् गर्नसक्छन् भन्ने उदाहरण दिन आफूले दागबत्ती दिनुका साथै किरिया बसेको बताउनुभयो ।
अर्चलबोट निवासी बुद्धिमाया कुँवरको ७० वर्षको उमेरमा पुस १४ गते निधन भएको थियो । महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवा रामप्रसाद पौडेलले बताउनुभयो ।