असोज २२– नव गायिका डेनी रेग्मीको नयाँ गीत ‘मेरो चोलीको तुनामा भन्ने भिडियोको शुटीङ सकिएको छ ।
चितवन निवासी रेग्मीको सुमधुर स्वरमा रहेको गीतले विशेषत युवा पंक्तिलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । रेग्मीको पहिलो ‘डान्सिङ नम्बरको अभिडियो छायांकन काठमाठौं, पोखरा तथा चितवनका विभिन्न स्थानहरुमा गरिएको छ । यस गीतमा संगीत बिपिन आचार्यको रहेको छ भने शब्द शिव सुबेदीको रहेको छ । कोरियोग्राफी देवेन्द्र राज पाण्डेको रहेको छ ।
आशिष घिमिरेद्धारा निर्माण गरिएको यस म्यूजिक भिडियोलाई रवीन्द्र बरालले खिचेका हुन् । निर्देशक दिपेन्द्र घिमिरेले नै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनलाई मोडल काजोल पाण्डेले साथ दिएकी छन् । यस गीतलाई भिजन नेपाल फिल्मसले बजारमा ल्याउन लागेको छ ।
