मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
पोखरा, १३ असोज( राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा बिहीबार यहाँ जानकारी लिएपछि उनले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।
कृषि क्षेत्र अझै पनि पछाडि परेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सरकारले पनि यस क्षेत्रलाई जनशक्तिको अभाव हुन नदिई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा क्षेत्रीय कृषि निर्देशक धनबहादुर घर्तीले कृषि क्षेत्रमा देखापरेका समस्याका बारेमा राष्ट्रपतिसक्षम जानकारी गराए । रासस