Breaking News

आर्थिक समाचार

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने रासस २५ पुस, काठमाडौं । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण...
विश्व बजार सुनको भाउ बढ्यो तर नेपालमा घट्यो   काठमाडौं, चैत २७ । विश्व बजारमा सुनको भाउ बढेपनि नेपालमा भने घटेको छ । नेपाल सुन चाँदी व्यावसासी महाँसंघले दिएको...
एयरपोर्टबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ   काठमाण्डु, ८ फागुन–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ९एयरपोर्ट०बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित...
राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थ... काठमाण्डु, २९ माघ–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थत...
जलविद्युतमा अाम जनताबाट हालसम्म सवा २ अरब लगानीको प्रतिबद्धता ५ माघ काठमाडौं, सरकारले उर्जा क्षेत्रमा जनताको लगानी अभियान सञ्चालन गरेपछि लगानीका लागि प्रतिबद्धता जनाउने संख्या...

अन्तरास्ट्रीय समाचार

कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन  मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
भारतलाई खतरा, पाकिस्तानले चाल्यो अहिलेसम्मकै खतरनाक कदम   एजेन्सी– बिहीबार भारतीय सेनाको आक्रमणबाट पाकिस्तानी सेनाको ज्यान गएपछि... More detail
टर्कीमा भएको सैनिक विद्रोहमा मारिनेको सङ्ख्या ९०, करिब १५ सय घाइते   अङ्कारा, १ साउन( टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि... More detail

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो


 काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई नोकरीमा राखेको हो । यो वकिल रोबोटले अब कानूनी अनुसन्धानमा कम्पनीका अन्य विभिन्न टोलीहरुलाई सहयोग गर्नेछ ।

‘रोस’ नामको उक्त रोबोट वकिललाई आइबिएम कम्पनीले तयार गरेको हो । कग्निटिभ कम्प्युटिंग तथा प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको यो रोबोटसँग कम्पनीका अन्य मानव वकिलहरुले अनुसन्धानसँग जोडिएका विभिन्नखाले जटिल प्रश्नहरु सोध्नेछन् र रोबोटले कानुनको अध्ययन गरेर तथा प्रमाण जुटाएर ती सवालहरुको निकै प्रासंगिक तथा प्रमाणित उत्तर दिनेछ ।

ब्याकरहस्टलर नामक ल र्फमले अब पुनर्संरचना, क्रेडिट राइट्स तथा ब्यांकरप्टी लगायतका क्षेत्र हेर्ने विभागमा प्रयोगको लागि रोेसलाई लाइसेन्स दिनेछ ।

रोसले कानुनी गतिविधिहरुमा चौबिसै घण्टा निगरानी राख्नुका साथै अदालतमा भएका नयाँ फैसलाहरुको बारेमा अन्य वकिलहरुलाई जानकारी गराउनेछ जसले कुनै खास मुद्दामा असर पुर्‍याउन सक्दछ । साथै यो रोबोट वकिलले अन्य मानव वकिलहरुसँग आफूले पनि निरन्तर सिकिरहनेछ ।

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने



एजेन्सी– इन्टरनेट सर्ज इन्जिन ‘गूगल’ले आगामी बर्ष पृथ्वीको कक्षमा परिक्रमा गर्न सक्ने क्षमता भएको इन्टरनेट बेलून छोड्ने भएको छ ।

पृथ्वीवासीलाई उच्चस्तरीय क्षमतासहितको इन्टरनेट सेवा उपलब्ध गराउन गूगलले यस कार्यको तयारी गरिरहेको बीबीसीले जनाएको छ । बिशेष किरणयुक्त यस बेलूनको मार्गमा रहेका पृथ्वीवासीले आश्चार्यजन इन्टरनेट सेवा पाउने विश्वास गूगलको छ ।
इण्डोनेसियाका तीन इन्टरनेट सेवा प्रदायक कम्पनीमार्फत् एक साथ यस सेवाको परिक्षण गर्ने योजनमा गूगल रहेको छ । यसअघि यस्तै योजनामा सहभागी हुन एक सम्झौता पत्रमा श्रीलंकाले हस्ताक्षर गरिसकेको छ । सन् २०१३ मा गूगलले यस योजना बारे न्युजिल्याण्डमा सार्वजनिक गरेको थियो ।

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटै रुखमा ४० थरीका फलफूल फलेको कहिल्यै देख्नुभएको छ । तर यस्तो वृक्षको विकास भएको छ, जहाँ एकैपटक ४० थरिका फलफूल फल्छन् । यहाँ आँप र सुन्तला तथा आरु र अन्य थुप्रै फलफूल एकसाथ फल्छन्, लटरम्म । न्युर्योकका एक व्यक्तीले त्यस्तो अद्भूत वृक्षको विकास गरेका हुन् । साम भान अकेन पेशाले चित्रकलाका प्रोफेसर हुन् ।
तर उनी किसानको परिवारमा जन्मिए । त्यसैले आफ्नो पुर्खौली पेशा छाडेनन् र निरन्तरको लगावपछि उनले यस्तो अद्भूत वृक्ष विकास गरे । उनले धेरै थरिका फलफूल फल्ने वृक्षको विकास भने सन् २००८ मै गरेका थिए ।

चिप ग्राफ्टिङ नामक प्रविधिबाट यस्तो विकास संभव भएको हो । रुखको एउटा हांगा जसमा फूल र किरासमेत मिसिएको होस्, त्यस्तो टुक्रालाई अर्को एउटा ठूलो वृक्षमा मिल्ने तरिकाबाट उनले राख्ने गरेका छन् । इलेक्ट्रिक टेपको मद्धतले उनले उक्त टुक्रालाई अर्को रुखमा मिसाउँछन् । त्यसपछि उक्त रुखमा टुक्राको मिश्रण हुन्छ र बिस्तारै दुबै एकैलाग्न थाल्छन् ।
सुरुआतमा अकेनले फूलमा यस्तो प्रयोग गरेका थिए । उनले बिस्तारै केही महिनामा नयाँ नयाँ तरिकाले प्रयोग गर्दै गए र सफलता हासिल गरे । उनले अहिले २१ वटा वृक्ष निमार्ण गरिसकेका छन्, जसमा एकसथा ४० थरिका फलफूल फल्छन् । सातवटा रुख न्युर्योकमा छन् भने बाँकी अमेकिाका अन्य भागमा । रुखलाई विभिन्न किटाणुबाट बचाउनु र त्यसको ध्यान दिन महत्वपूर्ण पाटो रहेको उनी बताउँछन् ।
उनी अमेरिकाको अन्य राज्यमा रोपेका वृक्ष हेर्न कम्तिमा ३ वर्षसम्म वर्षमा दुई पटक जान्छन् ।

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

ाबअभदययपअहिलेको समयमा सायद त्यस्ता कोही पनि व्यक्ति नहोलान् जसलाई सोसल मिडिया बारे जानकारी नहोस् । अझ फेसबुककको कुरा गर्ने हो भने बालकदेखि वृद्धसम्म सबैले एउटा अकाउन्ट बनाएका हुन्छन् र दिनमा कम्तीमा पनि एकपटक यसमा टहल्ने गर्दछन् । यसलाई मानव जीवनको एक महत्वपूर्ण हिस्सा भन्दा फरक नपर्ने स्थिती आइसकेको छ ।
मार्क जुकरवर्गले आफ्नो कम उमेरमा नै सोसल नेटवर्किङ साइटको सुरुवात गरेका थिए । आउनुहोस्, आज हामी तपाईंलाई फेसबुकसँग सम्बन्धित केही अचम्मका तथ्य बारे बताउँदै छौं । बराक ओबामाले जीतेको पोष्टमाथि फेसुबकमा सबैभन्दा बढि लाइक आएको थियो । यसले चार लाखभन्दा बढि लाइक पाएको थियो । तपाईंलाई अचम्म लाग्ला तर यो वास्तविक हो कि यदि तपाईं फेसुबकको कुनै अकाउन्ट ह्याक गर्नुहुन्छ भने तपाईंलाई पैसा दिइन्छ जुन कम्तिमा पनि ४९ हजार ७ सय ६८ नेपाली रुपैयाँसम्म हुनसक्छ ।
१। फेसबुकको २५ प्रतिशतभन्दा बढि प्रयोगकर्ताहरु कुनै पनि प्रकारको ‘प्राइभेसी कन्ट्रोल’ लाई मान्दैनन् ।
२। फेसबुकसँग जोडिएका प्रत्येक मानिससँग औसतमा १ सय ३० मानिसहरु जोडिएका हुन्छन् ।
३। फेसबुकसँग मासिक ८ सय ५० मिलियन प्रयोगकर्ताहरु सक्रिय हुने गर्दछन् ।
४। फेसबुकका प्रयोगकर्ताहरुमध्ये २१ प्रतिशत एसियाका छन् ।
५। प्रत्येक दिन लगभग ४ सय ८८ मिलियन प्रयोगकर्ता फेसबुकलाई मोबाइलमार्फत चलाउने गर्दछन् ।
६। फेसबुकमा आउने पोष्टमध्ये सबैभन्दा बढि पोष्ट ब्राजिलबाट आउने गर्दछ । ब्राजिलबाट प्रतिमहिना लगभग ८६ हजार पोष्ट गरिन्छ ।
७। फेसबुकबाट साथीलाई हटाउँदा थुपै्र मानिसहरुले आफ्नो ज्यानसमेत गुमाउनु परेको छ ।
८। फेसबुकका २३ प्रतिशत प्रयोगकर्ता प्रतिदिन पाँच अथवा त्योभन्दा बढि पटक आफ्नो अकाउन्ट चेक गर्नको लागि खोल्ने गर्दछन् ।
९। १० अथवा त्यो भन्दा बढि लाइक भएका ४२ मिलियन पेज फेसबुकमा उपलब्ध छन् ।
१०। लगभग १ मिलियनभन्दा बढि वेबसाइट भिन्न भिन्न प्रकारले फेसबुकमा जोडिएका छन् ।
११। फेसबुकमा तपाईं आफूलाई मन परेको भाषा प्रयोग गर्न सक्नुहुन्छ र पूर्ण रुपमा त्यहि भाषालाई फेसबुकमा परिवर्तन गर्न सक्नुहुन्छ ।
१२। फेसबुकमा ८५ प्रतिशत महिलाहरु आफ्नो साथीहरुका कारण तनावमा छन् ।
१३। यदि फेसबुक साइट डाउन भयो भने कम्पनीलाई प्रति मिनेट २५ हजार अमेरिकी डलरको घाटा हुने सम्भावना हुन्छ ।
१४। सन् २०१२ मा दक्षिण कोरिया, रुस, भारत, जापान र ब्राजिलमा फेसबुकले आफ्ना सक्रिय प्रयोगकर्ताको संख्यामा ४१ प्रतिशतको वृद्धि गर्यो ।
१५। फेसबुकमा प्रतिदिन लगभग २५० मिलियन पोष्ट गरिन्छ ।

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

ज्ञ वासिंगटन । पृथ्वीको ‘तेस्रो आँखा’ भनिने क्यापलर स्पेस टेलिस्कोपले तारामण्डलबाट १ हजार ४ सय प्रकाश वर्ष टाढा रहेको दोस्रो धर्तीको खोजी गरेको छ । ६ अर्ब वर्ष पुरानो क्यापलर ४५२ बी ग्रह सूर्यमंडलभन्दा बाहिर छ । धर्तीजस्तै यसको पनि आफ्नै सूर्य छ । दुरी पनि लगभग उस्तै छ । यद्यपी, यसको सूर्य हाम्रो धर्तीभन्दा चार प्रतिशत ठूलो र १० प्रतिशत बढि चम्किलो छ । पृथ्वीभन्दा बाहिर जीवन खोज्ने नासाको यो कोसिसमा यो खोजीलाई महत्वपूर्ण कदम मानिएको छ । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले बिहिबार राती यो खोजीको घोषणा गरेको छ ।
द्दपृथ्वीभन्दा पुरानो तर जुम्ल्याहा जस्तै छ ४५२ बीस्
नासाको साइन्स मिसनका असिस्टेन्ट एडमिनिस्ट्रेटर जोन ग्रुन्फेडले यसलाई धर्तीको अहिलेसम्मको सबैभन्दा मिल्दोजुल्दो ग्रह अथवा जुम्ल्याहा ग्रह बताएका छन् । यद्यपी, वैज्ञानिकहरुले यसको आकार धर्तीकोभन्दा दोब्बर भएका कारण ‘क्लोज कजन’ बताएका छन् । कसैले यसलाई सुपर अर्थ पनि बताइरहेका छन् । यो ग्रहमा पानीको सम्भावना र सक्रिय ज्वालामुखी पनि हुनसक्ने बताइएको छ ।
यस वर्ष ८ ग्रहको खोजीः
सन् २०१५ मा क्यापलरले गोल्डिलक जोन ९जीवनको सम्भावना भएको० मा आठ नयाँ ग्रहको खोजी गरेको छ । योभन्दा पहिले पृथ्वीजस्ता दुई ग्रह केपलर–४३८बी र केपलर–४४बी खोजिएको थियो तर उनीहरुको आकार पृथ्वीभन्दा निकै ठूलो थियो । यो सानो रातो ताराको चारैतिर घुमिरहेका छन् । यी ताराहरुको तापक्रम सूर्यको तुलनामा निकै कम छ ।
घलबकबयो धारणा पनिः
हाम्रो आकाशगंगामा ४० अर्ब यस्ता ग्रह हुनसक्ने अनुमान गरिएको छ जुन आफ्नो सूर्यको ह्याबिटेबल जोनमा घुमिरहेका छन् । क्यापलरका लागि पृथ्वीजस्तो अर्को धर्तीको खोजी त्यति सजिलो थिएन । योभन्दा पहिले विशेषज्ञ गोल्डिलक जोनमा पृथ्वीको बराबर आठ अथवा नौ ग्रह पत्ता लागिसकेको छ ।
क्यापलरमाथि एक नजरः
सूर्यको ३ हजार प्रकाश वर्षको दुरीसम्मको दायरामा बसेर गरिएको खोज
यो सन् २००९ मा लञ्च गरिएको थियो
तब यसको म्याद सन् २०१२ को नोभेम्बरसम्म मात्र थियो ।
यो टेलिस्कोपले अहिलेसम्म ४ हजारभन्दा बढि ग्रह खोजिसकेको छ ।
यो टेलिस्कोप राख्नका लागि ५९ करोड डलर खर्च भएको थियो ।

विन्डोज १० ले जित्यो करोडौँको मन


९एजेन्सी० माइक्रोसफ्टले आफ्नो नयाँ सफ्टवेयर विन्डोज १० सार्वजनिक भएको एक महिनामै ७ करोड ५० प्रयोगकर्तामाझ पुगेको बताएको छ । विश्लेषकहरुले यसलाई गतिलो सुरुआतका रुपमा लिएका छन् ।

कम्पनीले आगामी तीन वर्षभित्र १ अरबले यसको प्रयोग गर्ने आशा राखेको छ । व्यक्तिगत कम्प्युटरका लागि सफ्टवेयर बनाउँदै आएका माइक्रोसफ्ट कर्पले पछिल्लो समय ट्यावलेटस्, स्मार्टफोन र अन्य माध्यम प्रयोग गर्नेहरुमाझ पनि विन्डोज १० लोकप्रिय हुने दाबी रहेको छ ।
पछिल्लो समय घट्दै गएको डेक्सटप कम्प्युटरको प्रयोग आगामी दिनमा अझै घट्दै जाने अन्तर्राष्ट्रिय डाटा कर्पले जनाएको छ । विश्लेषकहरुले सन् २०१६ ले डेक्सटपको बिक्रीमा कमी आएको पाँचौ वर्षगाँठ मनाउने बताएका छन् ।
कम्प्युटर निमार्ण कम्पनीले भने विन्डोज १० मार्फत ग्राहकहरुको ध्यान खिच्ने आशा राखेका छन् । आफ्नो डेक्सटप पिसीमा इन्स्टल गर्नका लािग यो सफ्टवेयर सित्तैमा उपलब्ध छ । अहिले यो सफ्टवेयर पुराना कम्प्युटरहरुमा समेत प्रयोग गर्न थालिएको छ ।

महिला र पुरुषको दिमागमा के फरक छ र


गौतम ‘उदय’
आधारभूत रूपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तु मिलेर बनेको हुन्छ । ज्ञान र सीप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ । नयाँ अनुसन्धानले पत्ता लगाएअनुसार पुरुषले कुनै कुरा सोच्दा गिदीका कैला तन्तु बढी प्रयोगमा आउँछन् भने त्यही कुरा महिलाले सोच्दा सेता तन्तु बढी सक्रिय हुन्छन् । तर, जुनै रंगका तन्तु जे–जति मात्रामा प्रयोग भए वा सक्रिय भए पनि यसले बौद्धिकतामा कुनै फरक पार्दैन ।जभबतिज
युनिभर्सिटी अफ क्यालिफोर्निया र युनिभर्सिटी अफ न्यु मेक्सिकोका विशेषज्ञले यसबारे अनुसन्धान गरेका छन्, जुन न्युरोइमेज नामक जर्नलले प्रकाशित गरेको छ । प्रकाशित सामग्रीअनुसार सामान्य ज्ञान क्षेत्रमा सोच्दा पुरुषका कैला तन्तु महिलाको भन्दा ६ गुणा बढी सक्रिय हुन्छन् । त्यस्तै, सामान्य ज्ञानकै बारेमा सोच्दा महिलाका सेता तन्तु पुरुषको भन्दा १० गुणा बढी सक्रिय हुन्छन् ।
अनुसन्धानले यो पनि देखाएको छ, महिला मस्तिष्कको अगाडिको भागमा ८४ प्रतिशत कैला गिदीका तन्तु र ८६ प्रतिशत सेता गिदीका तन्तु रहन्छन् । त्यस्तै, पुरुष मस्तिष्कको अगाडिको भागमा कैला गिदीका तन्तु जम्मा ४५ प्रतिशत हुन्छन् भने सेतो गिदीका तन्तुहरू हुँदै हुँदैनन ।
मस्तिष्कको अगाडिको भागमा क्षति पुग्दा पुरुषको भन्दा महिलाको अवस्था अलि बढी नाजुक हुने पनि अनुसन्धानले देखाएको छ । यस्तो किन हुन्छ भन्नेबारे भने खास कारण पत्ता लागिसकेको छैन । तर, महिला र पुरुषमा रहने सेता तथा कैला गिदीका तन्तुको थप अध्ययनबाटै धेरै कुरा पत्ता लाग्ने विश्वास अनुसन्धानकर्ताले गरेका छन् ।
गिदीका कैला रंगका तन्तुले सूचना प्रवाह अर्थात् इन्फर्मेसन प्रोसेजिङको भूमिका निर्वाह गर्दछन् भने सेता रंगका तन्तुले सञ्जाल सञ्चालन नेटवर्क एडमिनिस्टरको भूमिका निर्वाह गर्छन् ।
मस्तिष्कका विभिन्न भागले धेरै प्रकारका काम गर्ने हुनाले कुनै एक विधिबाट मात्र यसको अध्ययन सम्भव छैन । त्यसैले, लेसन स्टडिज, स्टिमुलेसन, माइक्रो–इलेक्ट्रोड रेकर्डिङ, सिटी स्क्यान, इलेक्ट्रइन्सेफलोग्राम ९ईईजी०, इभेन्ट रिलेटेड पोटेन्सियल ९ईआरपिएस० लगायत विधि अपनाएर मस्तिष्कले कुन काम कसरी गर्छ भनेर मापन गरिन्छ ।
हालसालै युनिभर्सिटी अफ पेन्सिलभेनिया मेडिकल स्कुल, रेडिओलोजी विभागकी प्रोफेसर रानिगी वर्मा सहितको अनुसन्धान टोलीले आठदेखि २२ वर्ष उमेर समूहका चार सय २८ जना केटा र पाँच सय २१ जना केटीमा अध्ययन गरेका थिए । एमआरआई जसलाई डिफ्युजन टेन्सर इमेजिङ ९डिटिआई० पनि भनिन्छ, विधि प्रयोग गरी गरेको अध्ययनले पुरुषको मस्तिष्कभित्रको सञ्जाल फोरब्रेनको दुवै खण्डको अगाडि र पछाडि बढी हुने र महिला मस्तिष्कभित्रको सञ्जाल दुई खण्डबीचमा अथवा दायाँ र बायाँ हुने कुरा पत्ता लागेको छ । तर यस्तो सञ्जाल बहुसंख्यकमा पाइएको हो, शतप्रतिशतमा होइन ।
अनुसन्धानमा सहभागीहरु तीन उमेर समूहका थिए । करिब १३ वर्षसम्म केटा तथा केटी दुवैको मस्तिष्क सञ्जाल लगभग उस्तै हुने अनुसन्धानले देखायो । त्यस्तै, १३ देखि १७ वर्षको बीचमा भने विशाल परिवर्तन हुने पाइयो । यो बेला केटीहरूमा अगाडिको मस्तिष्कको दुई खण्डबीचमा र केटाहरूमा दुवै खण्डको अगाडि र पछाडि सञ्जाल एकदम फैलिएको पाइयो, उमेर बढ्दै जाँदा केटा तथा केटी दुवैको समग्र मस्तिष्कमा बिस्तारै सञ्जाल बढ्दै गएको पाइयो ।
सारांशमा हाम्रो पछाडिको मस्तिष्कले अनुभवसँग सम्बन्धित काम गर्छ, अगाडिको मस्तिष्कको देव्रे खण्डले बुद्धि र तर्कसँग सम्बन्धित हुन्छ । त्यस्तै, अगाडिको मस्तिष्कको दायाँ खण्डले कलात्मक, सिर्जनशीलता र कल्पनात्मकतासँग सम्बन्धित हुन्छ ।
यसभन्दा पहिलेका अध्ययनले औसतमा शारीरिक बल, दर्शन, तर्क र परीक्षण जस्ता कुरामा पुरुष अगाडि हुने र सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने देखाएको थियो । यसो हुनुमा महिला तथा पुरुषमा उस्तै कामका लागि प्रयोग हुने फरक रंग र मात्राका मस्तिष्कका तन्तुहरूका साथै फरक सञ्जालको भूमिका हुने हालका अनुसन्धानकर्ताको विश्वास छ । साथै, गिदीको रंग र सञ्जालको अध्ययनले भविष्यमा मस्तिष्क रोगको निदानमा पनि सहयोग पुर्याउनेमा अनुसन्धानकर्ता आशावादी छन् । हालसालै वैज्ञानिकहरूले महिला र पुरुषबीच करिब ७८ किसिमका वंशाणुगत भिन्नता हुने कुरा पत्ता लगाएका छन् । तीमध्ये केही उदाहरणः
० महिलामा जस्तै पुरुषमा खानाका धेरै परिकार एकैचोटि बनाउने क्षमता हुँदैन ।
० महिलाले आफ्ना वस्तुहरू लुकाएर राख्छन् भने पुरुषले देखाएर राख्छन् ।
० महिलामा पुरुषलाई सर्वेसर्वा हुँ भन्ने वातावरण बनाइदिन सक्ने क्षमता हुन्छ ।
० साबिकको भन्दा जति सस्तो भए पनि आवश्यक नभएका वस्तु पुरुषले किन्दैनन् भने महिलाले खुसी हुँदै किन्छन् ।
० आफूले प्रयोग गर्ने वस्तु किन्न पुरुषले दुई मिनेट पनि लगाउँदैनन् भने महिलालाई घन्टौँसम्म लाग्न सक्छ ।
० कोही व्यक्ति रुन सुरु गर्छ भने त्यसलाई के गर्ने महिलाले तुरुन्त निर्णय गर्न सक्छन् ।
० बच्चा रोइरहेको भए पनि, कुकुर भुकिरहेको भए पनि, घन्टी बजिरहेको भए पनि पुरुष सुत्न सक्छन् भने महिला सक्दैनन् ।
० महिलाले २० वर्ष पहिले आफूले लगाएको वस्त्र समेत सम्झेका हुन्छन् भने वस्त्र नहेरीकन पुरुषलाई हिजो लगाएका वस्त्र पनि याद हुँदैन ।

कुमारित्वको मर्मत–सम्भार ‘कुमारी’ बन्न योनि सिलाउँदै आमा बनेकादेखि अविवाहित युवतीसम्म

मदन ढुंगाना
यतिबेला काठमाडौं उपत्यकामा एक नयाँ धन्दा सुरु भएको छ– कुमारित्व गुमाएका महिलालाई पुनः कुमारी बनाइदिने अर्थात् कुमारित्व फर्काइदिने । यो धन्दा उपत्यकाका केही अस्पतालमा चलिरहेको छ । र, यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी बन्ने आशामा धाइरहेका छन् । र, यसप्रति महिलाहरूको आकर्षण निकै बढेको भन्ठानेर केही अस्पताल र निजी क्लिनिकले कमाउधन्दा सुरु गरेका छन् स् कुमारित्वको मर्मत–सम्भार गरेर ।
के हो कुमारित्व रु
नेपाली शब्दकोषले आठ वर्ष पूरा गरेकी र १२ वर्ष उमेर नकाटेकी छोरीलाई कुमारी भनेको छ । तर, शब्दकोषमा कुमारित्वको शब्दार्थ स्पष्ट नलेखिए पनि अंग्रेजी शब्दको भर्जिनिटी नै नेपालीमा कुमारित्व हो भन्ने बुझिन्छ । जसको अर्थ महिलाहरूको योनिमा हुने झिल्ली अर्थात् हाइमिन दुरुस्त रहनु हो । अंग्रेजी होस् वा नेपाली परिवेश, कुमारित्वलाई शारीरिक सम्बन्ध नराखेकी स्त्री भन्ने सामान्य अर्थ लगाइन्छ ।
स्वास्थ्य विज्ञानले महिलाको योनिमा हुने झिल्ली अर्थात् हाइमिन नटुटेमा त्यसलाई कुमारित्व अर्थात् भर्जिनिटी रहेको भन्ने बुझाउँछ । सामान्यतः कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेपछि हाइमिन अर्थात् झिल्ली च्यातिन्छ र त्यसपछि कुमारित्व गुमेको बताइन्छ । तर, कुमारित्व गुम्नमा शारीरिक सम्बन्ध नै हुनुपर्छ भन्ने होइन । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमका अनुसार शारीरिक सम्बन्धबाहेक, जिम्न्यास्टिक खेलाडी, साइकल चढ्ने युवती आदिमा हाइमिन च्यातिएको पाइएको छ ।
कुमारित्वका नाममा के भइरहेको छ रु
संसारभर विवाहपूर्व पनि यौन सम्बन्ध राख्नेहरूको संख्या पछिल्लो समय धेरै छ । प्रेममा परेर वा अन्य कारणले पनि विवाहपूर्व यौन सम्बन्ध राख्नेदेखि लिभिङ टुगेदर बस्ने महिला र पुरुषको संख्या दिनानुदिन बढिरहेको छ । तर, जुन पुरुषसँग संसर्ग भयो, त्यो पुरुषसँग विवाह हुन नसकेको उदाहरण पनि धेरै छ । जसकारण अविवाहित स्त्रीहरू विवाहपछिको आफ्नो पारिवारिक सुखबारे धेरै चिन्तित हुने गरेका छन् । आफ्नो कुमारित्व गुमेको श्रीमान्ले थाहा पाएर आफूलाई हेला गर्ने हो कि भन्ने चिन्ता धेरै महिलामा हुने गरेको चिकित्सक बताउँछन् । जसकारण उनीहरूलाई कुमारित्व फर्काउन सकिन्छ भन्ने आश्वासन दिनु एक ठूलो अपेक्षा र महत्त्वाकांक्षाको विषय हो र महिलाहरू अचेल यसैको आकर्षण र हल्लामा फसेका छन् ।
अहिले दैनिक पत्रिकामा यौन सन्तुष्टिसँग सम्बन्धित धेरै विज्ञापन छापिइरहेका हुन्छन् । त्यही विज्ञापनका भरमा केही महिला त्यस्ता औषधि पाइने पसलमा पुग्छन् र आफ्नो गुनासो सुनाउँछन् । अनि त्यस्ता औषधि बेच्ने व्यक्तिले त्यस्ता महिलालाई एउटा भ्रम छरिदिन्छन् कि गुमेको कुमारित्व फेरि पनि फर्काउन सकिन्छ । यस्ता दलालका पछि लागेर महिला केही निजी अस्पताल पुग्छन् र कुमारित्व फर्काउन भन्दै योनिको मर्मत–सम्भार अर्थात् सिलाई गर्छन् ।
के हो योनिको मर्मत अर्थात् भेजाइनल रिपेरिङ रु
ज्थmभल(चभउबष्च(कगचनभचथ
स्वास्थ्य विज्ञानका अनुसार बच्चा जन्माउँदा महिलाको योनि च्यातिन्छ र त्यसपछि पिसाबथैली र मलद्वार पनि खस्न सक्छ । यस्तो अवस्थामा योनिमर्मत अर्थात् भेजाइनल रिपेरिङ अनिवार्य हुन्छ र त्यो गर्नैपर्छ । यस्तो गर्दा खासै खर्च पनि हुँदैन र यो कुनै मेजर अपरेसन पनि होइन । त्यस्तै, तीन–चारवटा बच्चा जन्माइसकेपछि महिलाको योनिको आकार बढ्न सक्छ र आफ्ना यौन साथीसँगको संसर्गमा पूर्ण सन्तुष्टि नहुन पनि सक्छ । यस्तो अवस्थामा महिलाले आग्रह गरेको खण्डमा पनि मान्यताप्राप्त डाक्टरले भेजाइनल रिपेरिङ गर्ने गरेका छन्, जुन सामान्य प्रक्रिया भएको बताउँछन्, ओम अस्प्तालका निर्देशक डाक्टर भोला रिजाल ।
सामान्य अवस्थामा योनिको मर्मत–सम्भार गर्दा करिब २५ हजार खर्च हुन्छ । सामान्य अवस्था भन्नाले बच्चा जन्माउँदा योनि च्यातिने भन्ने हो । तर, विवाह नगरेका महिलादेखि यौन सन्तुष्टि पाउन नसकिएको भन्दै अहिले ७५ हजारसम्म शुल्क लिएर भेजाइनल रिपेरिङ गरिँदै छ, काठमाडौं सहरमा ।
कुन वर्गका महिला यस्तो गर्दै छन् रु
सामान्य अवस्थामा योनिको मर्मत–सम्भार गर्दा करिब २५ हजार खर्च हुन्छ । सामान्य अवस्था भन्नाले बच्चा जन्माउँदा योनि च्यातिने भन्ने हो । तर, विवाह नगरेका महिलादेखि यौन सन्तुष्टि पाउन नसकिएको भन्दै अहिले ७५ हजारसम्म शुल्क लिएर भेजाइनल रिपेरिङ गरिँदै छ, काठमाडौं सहरमा । यसमा मुख्यतः सहर–बजारका धनाढ्य विवाहित महिला र अविवाहित युवतीले यौन सन्तुष्टिका लागि भेजाइनल रिपेरिङ गरिरहेको तथ्य बाहिर आएको छ । त्यस्तै, श्रीमान विदेशमा काम गर्न गएका छन् र श्रीमती नेपालमा छिन् । तर, नेपालमा उनको अर्कै यौन साथीसँग शारीरिक सम्बन्ध छ भने यस्तो अवस्थामा श्रीमान् नेपाल फर्कंदाताका श्रीमतीले भेजाइनल रिपेरिङ गरेको पाइएको छ । त्यसैगरी व्यावसायिक यौनकर्मी महिलाले पनि भेजाइनल रिपेरिङ गर्ने गरेको पाइएको छ । त्योबाहेक तीन–चारवटा बच्चा जन्माएका महिलाले त भेजाइनल रिपेरिङ गर्ने गरेका बताउँछन्, प्रसूतिगृहका निर्देशक डाक्टर जागेश्वर गौतम र ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल ।
कहाँ–कहाँ गरिन्छ यो धन्दा रु
उपत्यकाका ठूला भनिएका अस्पतालदेखि स–साना पोलिक्लिनिकले पनि ‘भर्जिन’ बनाउने धन्दा चलाइरहेका छन् । उपत्यकामा नाम चलेका अस्पतालहरू काठमाडौं अस्पताल त्रिपुरेश्वर, ग्रान्डी धापासी, केएमसी सिनामंगल, ओम अस्पताल, चावहिल, मनमोहन अस्पताल छाउनी, अल्का अस्पताल जावलाखेललगायतले यस्तो सेवा दिइरहेका छन् । त्योबाहेक डाक्टर ज्योति अग्रवाल क्लिनिक, भ्याली मेटरनिटी क्लिनिकलगायत साना पोलिक्लिनिकले पनि यस्तो धन्दा चलाइरहेका छन् ।
हुन त यी अस्पतालले बच्चा जन्माइसकेका महिलाको मात्रै भेजाइनल रिपेरिङ गर्ने गरेको दाबी गरेका छन् । तर, यी अस्पतालमा बच्चा नै नजन्माएका युवतीको समेत यस प्रकृतिको अप्रेसन भएको तथ्य बाहिर आएका छन् । अझ पछिल्ला दिनमा काठमाडौं अस्पताल र ग्रान्डी अस्प्तालमा त हङकङबाट समेत यस्तो अप्रेसन गर्न महिला आउने गरेको बताउँछिन्, काठमाडौं अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर चन्द्रशोभा अमात्य । यस्तो अप्रेसनका लागि काठमाडौं अस्पताल र ग्रान्डी अस्पतालले प्रतिव्यक्ति ७५ हजार रुपैयाँसम्म पैसा लिने गरेको भेटिएको छ ।
यसरी काठमाडौं सहरमा कुमारित्व फर्काउने वा यौन सन्तुष्टि बढाउन आफूखुसी यौनांग सिलाउने धन्दा चलेको छ । जब कि धेरै बच्चा जन्मिएपछि शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गरेर गरिनुपर्ने यस्तो अप्रेसन तथाकथित भर्जिन वा कुमारित्वसँग जोडेर विकृत बनाइँदै छ । र, यस्तो धन्दामा सहरका युवतीको आकर्षण बढेको साथै व्यावसायिक यौन सम्पर्कको धन्दा बढेको पाइएको चिकित्सकले बताएका छन् ।
के सम्भव छ भर्जिनिटी फर्काउन रु
उपत्यकाका अस्पताल र निजी स्वास्थ्य संस्थाहरूले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भन्दै धन्दा चलाइरहेका छन्, जुन गैरकानुनी र अनैतिक धन्दा हो । पहिलो कुरा त महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने बताउँछन्, स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजाल र जागेश्वर गौतम । तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । छिमेकी देशहरूमा ‘हाइमिन रिपेरिङ’ हुने भए पनि नेपालमा भने त्यस्तो सेवा दिने कुनै पनि अस्पताल छैन । तर पनि नेपालका ठूला भनिएका केही अस्पताल र क्लिनिकहरूले ‘भर्जिन’ बनाउने भन्दै महिलाहरूको प्रजनन् अंग सिलाउन थालेका छन् ।
अहिले योनि सिलाएर फेरि भर्जिन बन्न अविवाहित युवतीदेखि आमा भएकाहरू पनि यस्ता धन्दा चलाउने अस्पताल र क्लिनिकहरूमा धाउन थालेका छन् । डाक्टरको काम महिलाहरूको प्रजजन अंगमा कुनै समस्या भए वा कुनै कारणले योनिको आकारमा परिवर्तन भए त्यस्तो सेवा दिने हो । तर, अहिले डाक्टरहरूले केही रकम पाउने आशमा र महिलाहरू फेरि कुमारी बन्ने दौडमा धमाधम योनि सिलाउने व्यापार र लहड बढेको छ ।
नैतिक कि अनैतिक रु
प्रसूति गृह अस्पतालका निर्देशक जागेश्वर गौतम र ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल भन्छन्, भर्जिन बन्न योनि सिलाउनु अनैतिक हो । आवश्यक पर्दा भेजाइनल रिपेरिङ सामान्य कुरा भए पनि अहिले विवाह नै नभएका युवतीले पनि यस्तो मर्मत गराइरहेको जानकारी पाएको भन्दै अनैतिक धन्दा रोक्न सरकारले पहल गर्नुपर्ने उनीहरूको राय छ ।
अहिले यस्तो धन्दा बढ्नुको मुख्य कारण भने पत्रपत्रिकामा छापिने यौन सन्तुष्टिसँग सम्बन्धित विज्ञापन नै हुन् । सुरुमा महिला र पुरुषहरू पनि यौन सन्तुष्टि बढाउने साधन बेच्ने पसलहरूमा पुग्ने गर्छन् । त्यसपछि उनीहरू त्यही पसलेको च्यानलबाट डाक्टरको क्लिनिक वा अस्पतालमा पुग्छन् र योनिको मर्मत–सम्भार गर्छन् । अनि, आफू फेरि कुमारी बनेको कल्पना गर्छन् । तर यथार्थमा नेपालमा हाइमिन रिपेरिङ नै हुँदैन र योनिको तेस्रो भाग र पहिलो भाग सिलाउने मात्रै गरिन्छ । यसरी भर्जिन बनाइदिने भन्दै केही स्वास्थ्य संस्थाले धन्दा चलाइरहँदा पनि सरकारी संयन्त्र भने थाहा नपाएझैँ बसिरहेको छ । प्रसूति गृहका डाइरेक्टर गौतम भन्छन्, ‘यस्तो धन्दा ठगी र झुटको खेतीबाहेक अरू केही होइन ।’
यसरी सहरमा मानिसलाई दिग्भ्रमित गरेर ठगी धन्दा चलाउनेहरू बढेका छन् । हुनै नसक्ने अप्रेसन गर्ने भन्दै यस्ता धन्दा चलाउनेलाई कारबाही गर्नैपर्छ । पेसागत मर्यादा नाघ्ने डाक्टर र अनैतिक धन्दा गर्ने क्लिनिक वा अस्पताल सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ ।

२० वर्षभित्रका महिलाहरुमा यौन चाहना उच्च

एजेन्सी र नयाँ सर्वेक्षणले महिलाहरुको २० वर्षभित्रका महिलाहरुमा यौन चाहना उच्च रहने जनाएको छ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको नयाँ रिर्पोटले यस्तो जनाएको हो ।

यसअघि महिलाहरु ३५ देखी ४० वर्षसम्म यौन सम्बन्ध राख्नका लागि लालयित रहने र त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने बताइएको थियो । तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाहरुले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ ।
बढ्दो उमेरसँगै महिलाहरु आफूलाई नराम्रो ठान्ने गर्दछन् । त्यस्तै २० वर्षसम्म उनीहरुसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ ।
नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।
यता, २० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाहरुले भने यौन इच्छाशक्ति बलियो रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखी ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।

मिस नेपाल सृष्टिले तताईन बलिउड


थुप्रै नेपाली कलाकारहरुले बलिउडमा आफ्नो भाग्य चम्काउनको लागि प्रयास गरे पनि थोरैमात्र लक्ष्यमा पुग्न सफल भएका छन् । उदितनारायण झा, दीपा नारायण झा, डेनी र मनिषा कोईराला यसका उदाहरण हुन् । त्यस्तै बलिउड प्रबेश गरेर पनि लक्ष्यमा पुग्न नसकेका कलाकारको नाम लिनुपर्दा झरना बज्रर्चाय, उषा पौडेल, निखिल उप्रेती लगायत अग्र स्थानमा पर्दछन् ।
पछिल्लो पुस्ताका कलाकारमा पनि बलिउड प्रतिको आकर्षण नभएको होईन । यसैबिच मिस नेपाल सृष्टि श्रेष्ठले पनि बलिउडमा पाईला राखेकी छिन् । नेपाली सिने क्षेत्रमा आउने प्रयासमा रहेकी उनले हालै एउटा म्युजिक भिडियोमा अभिनय गर्ने सफल भएकी छिन् ।
२०१३ मा आएको बलिउड चलचित्र जैकपटमा रहेको चर्चित गीत कभि जो बादल बर्सेको नयाँ भर्सनमा उनीले सोही चलचित्रका नायक सचिन जोशीसंग स्क्रिन सेयर गरेकी छिन् ।

यौन हिंसाको विरुद्ध महिलाहरुले भित्री वस्त्रमा यस्तो लेखे


एजेन्सी,
पछिल्लो समय महिला हिंसाका घटना बढेसँगै महिलाहरुले त्यसको फरक तरिकाले विरोध जनाएका छन् ।
महिला अभियान्ता अकेक्जेन्ड्रो पालोबोले आफ्नो नयाँ योजनामा कयौं महिलालाई तथा युवतीलाई भित्री वस्त्र पेन्टीमा पुरुषहरुका लागि यौन हिंसा विरोधी सन्देश लेखेर फोटो खिचाउन आग्रह गरेका छन् ।
उनको आग्रहलाई स्वीकार गर्दै कयौं महिला तथा युवतीले उनलाई साथ दिँदै भित्री वस्त्रमा यौन हिंसा विरोधी सन्देश लेखेर फोटो खिचेर इन्टरनटमा पोष्ट गरेका छन् ।

हेरौँ हट एण्ड सेक्सी गायिका ज्योति मगरको फेसबुकका हट एण्ड सेक्सी

 ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारण बेलाबेलामा विवादमा पनि आउने गर्छिन । पछिल्लो समय उनी दुवईमा भएको एक कार्यक्रममा दर्शकको व्यवहरका कारण विवादमा आएकी थिइन् ।
विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् । हट र सेक्सी हुनु उनको शोख भएको उनले भन्ने पनि गरेकी छन् । हेरौँ यीनै ज्योति मगरले आफ्नो फेसबुक पेजमा पछिल्लो एक हप्तामा राखेका केही तस्बिर ।

फ्रेस फेस स् राम्रो कथा आएमा बोल्ड बन्न आपत्ती छैन करिश्मा


चलचित्र ‘एउटा साथी’ले नव(नायिका करिश्मा श्रेष्ठलाई सकारात्मक प्रतिक्रिया दिएको छ । उनका अझै २ चलचित्र प्रदर्शनका लागि तयार छन् । ‘लभ(सब’को प्रदर्शन मिति नसरेको भए सायद करिश्मा सोलो नायिका बनेको यो चलचित्रबाट उनलाई प्रतिक्रिया पनि आइसक्थ्यो । उनी, यतिबेला शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘झिल्के’मा साथी सलोन बस्नेतसँग काम गरिरहेकी छिन् ।

तपाई र सलोनको प्रेम सम्बन्ध हो भन्ने प्रश्नमा करिश्माले भनिन्(‘यसलाई प्रेम भन्न मिल्दैन । हामी दुई मिल्ने साथी हौं । साथको आवश्यक परेमा एक(अर्काको लागि हाजिर पनि हुन्छौ । तर, यसलाई अहिले नै प्रेम भन्न मिल्दैन । भोलीको दिनमा के हुन्छ हेर्दै जाउँ ।’
करिश्मा यो क्षेत्रमा लागेर सफलताका थुप्रै सिडी चढ्ने चाहना राख्छिन् । यसका लागि उनीसँग के क्षमता छ त, करिश्माले भनिन्(‘मसँग अभिनय छ, नृत्य छ । अरु कुरा सिक्दै जानुपर्छ । सबैभन्दा ठूलो कुरा मानिसको व्यवहार राम्रो हुनुपर्छ ।’

तपाई कती राम्री रु करिश्माले आफूलाई १० मा ५ नम्बर दिइन् । कस्तो भूमिका गर्न मन छ त, करिश्माले थप्दै भनिन्(‘म अभिनय देखाउने भूमिका गर्न चाहन्छु । सामान्य भूमिका मेरा लागि सुहाउँछ । तर, बोल्ड क्यारेक्टर पनि म गर्न चाहन्छु ।’
बोल्ड क्यारेक्टर भनेको कस्तो, कत्तीको उदारता देखाउन सक्नुहुन्छ तपाई रु प्रश्नमा करिश्माले थपिन्(‘राम्रो कथा आएको खण्डमा मलाई खुल्न आपत्ती छैन । म बोल्ड बन्न सक्छु ।
अनी तपाई व्यक्तीगत रुपमा आफूलाई कत्तीको बोल्ड ठान्नुहुन्छ त रु करिश्माले जवाफ दिइन्(‘म बोल्ड छैन । मैले आफूलाई बाथरुममा नाङ्गो रुपमा हेरेकी छु । मेरो शरीर ठिकै छ ।’
नेपाली चलचित्रमा लामो रेशको घोडा बनेर अगाडि बढ्न चाहेकी करिश्मा आफूले सकेको मिहिनेत यो क्षेत्रमा गर्ने सुनाउँछिन् ।

ज्याकलिन बन्ने भइन् मोहम्मदकी श्रीमती

एजेन्सी– ज्याकलिन फर्नान्डेज अहिले निकै चर्चामा आउने गरेकी छिन् । किक फल्ममा सलमान खानसँग खेलेपछि बलिउडमा उनको माग बढ्न थालेको छ ।
हालै भारतमा भएको एक सरसफाई सप्ताहमा ३ मिनेट नाचेको ७५ लाख लिएर उनी चर्चामा पुगेकी थिइन् ।
अब ज्याकलिन भारतका पूर्व क्रिकेट कप्तान मोहम्मद अजहरुद्दीनको श्रीमती बन्न सक्छिन् । मोहम्मदको जीवनीमा आधारित रहेर बन्न लागेको सो फिल्ममा पहिले करीना कपुर खेल्ने कुरा थियो ।
फिल्ममा इमरान हासमीले मोहम्मदको रोल निभाउने छन् ।

फ्रेस फेसस् ऐनामा सबै अंग सेक्सी लाग्छ सुरविना

२ वटा चलचित्रमा अभिनय गरिसकेकी नव–कलाकार सुरविना कार्की आफू स्टार बनेको सपना देख्छिन् । उनको सपना भोलीका दिनमा पुरा होला या नहोला, तर उनी मिहिनेत भने नछोड्ने बताउँछिन् ।
सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र क्षेत्रबाट कुनै समस्या झेल्नु परेको छैन । सबै चाहना पुरा भएका छन् र सबैले माया पनि गरेका छन् ।
उनलाई आजको दिनमै आफूलाई दर्शकले चिनेका छन् भन्ने लाग्दैन । तर, निरन्तर काम गरेको खण्डमा भविष्य उज्ज्वल हुन्छ भन्ने थाहा छ ।
अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दैै गर्दा उनमा चुलबुलेपन देखियो । ‘म यस्तै छु, सबैसँग बोल्छु ।’
भिडियो

उनको नयाँ चलचित्र ‘नाईके’ शुक्रबारबाट हलमा लाग्दैछ । उनलाई लाग्छ, यो चलचित्र हेरेपछि दर्शकले अझ उनलाई नजिकबाट चिन्नेछन् । आफूमा हिरोइनमा हुनुपर्ने सबै गुण भएको दाबी सुरविना गर्छिन् ।
‘अभिनय सबैले राम्रो छ भन्नुहुन्छ, मेरो स्क्रिन लुक्स पनि राम्रो छ, म मिहिनेती छु’, सुरविनाले आफ्नो खुबीको बारेमा बताइन् । तपाई कत्तीको सेक्सी त, सुरविनाले भनिन्–‘मलाई थाहा छैन म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’
आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’
हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ ।

आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’
कथाले माग्यो भने उनी शरीरको पछाडिको भाग९ब्याक लेस० न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’
उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन । विशेषगरि, त्यसलाई खिच्ने निर्देशकको कमजोरीले धेरै यूवती छाडाको कोटामा परेका हुन् । वास्तवमा त्यो गल्ती निर्देशकको थियो, कलाकारको होइन । सुरविना कुनै पनि नायिका जस्तो बन्ने सोच राख्दिनन्, भनिन्–‘मैले म नै बन्नुपर्छ, अरु बन्छु भन्ने उद्देश्य राखेर हुँदैन ।’

फेसबुकमा कस्ता फोटो शेयर गर्छन सेलीब्रेटी

सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय निकै लोकप्रिय भएको छ । आमसर्वसाधारणमा यसको क्रेज बढ्दै गएको छ । फेसबुकका भित्तामा उखान, तुक्का र गाली गर्नेहरुको जमात पनि कम छैन ।
तर, यहि फेसबुक हो कतिपय सेलीब्रेटीले आफ्ना प्रसंसकहरुसँग सम्बन्ध बिस्तार गरिरहेका छन् भने बजार बढाइरहेका छन् । बलिउडका सेलीब्रेटीले कस्ता तस्बिर पोष्ट गर्छन् भन्नेमा ‘टाइम्स अफ इण्डिया’ केही जानकारी दिएको छ । हेरौं कसले कस्ता तस्बिर पोष्ट गर्दा रहेछन् ।

किमको उत्तेजित तस्बिर
अभिनेत्री किम कार्दासिनले आफ्नो फेसबुक पेजमा हिउको छेउमा बालुवामाथि उभिएको तस्बिर पोष्ट गरेकी छिन् । कामुक तस्बिरकै कारण पटक(पटक चर्चामा आएकी किमको पछिल्लो तस्बिर पनि दर्शकलाईर् उत्तेजित बनाउने खालको छ ।
केही दिन अघि पोष्ट भएको शाहिद कपुरको किशोर अवस्थाको तस्बिरले निकै चर्चा पायो । एक साथीलाईर् अंगालो मारेर हाँसिरहेका शाहिदले उक्त तस्बिरमा माछाड्रेस लगाएका छन् ।
सलमानले आर्ट गरे

छेउमा कफिको गिलास राखेर आर्ट गर्दै गरेको तस्बिर पोष्ट गरेका छन् सलमान खानले । प्रसिद्ध क्रिकेट खेलाडी सचिन तेण्डुलकरले भान्सामा भण्टाको परिकार बनाउँदै गरेको तस्बिरलाई धेरैले मन पराए ।
आक्रामक सन्नी
फेसबुकमा सबै भन्दा धेरै तस्बिर पोष्ट गर्ने हिरोइनको रुपमा चिनिन्छन् सन्नी लियोनी । फिल्म एवं विज्ञापनको सुटिङमा गएपछि दर्शकका लागि भन्दै उनले आफ्ना उत्तेजक तस्बिर पोष्ट गर्ने गरेकी छिन् ।
रातो पोशाकमा सजिएर फोटोग्राफरलाई पोज दिएको मात्रै हैन कण्डमको विज्ञापन सुटिङ गर्दाको तस्बिर समेत पोष्ट गरेकी छिन् उनले । नायिका परिणती चोपडाले केटासाथीसँग अंगालो मारेर दुबईको समुन्द्रमा डुबुल्की मार्दै गरेको तस्बिरले पनि राम्रै चर्चा पायो ।

अमिताभको साइकलयात्रा
सामाजिक सञ्जालमा निकै सक्रिय अमिताभ बच्चनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउर्दै गरेको तस्बिरले निकै चर्चा पायो । उनै बच्चनले हिन्दी चलचित्र ‘पिकु’ को कलकत्तामा सुटिङ हुँदै गर्दा सडकमा साइकल चलाउदै गर्दाको तस्बिर पोष्ट गरेका थिए । उनको साइकल यात्रालाई पनि धेरैले मन पराएका थिए ।
बच्चाको बाबु बने लगत्तै नायक ऋतेश देशमुखले श्रीमति जेनेलिया डि सुजा र आमासँगै बसेको तस्बिर पोष्ट गरे ।
मल्लिकाको हट पोज

‘डर्टी पोल्टिक्स’ मा काम गरेपछि चर्चामा आएकी मल्लिका शेरावत अहिले फेसबुकमा हट तस्बिर राखेर बजार बढाउँदैछिन् । हिन्दी फिल्म ‘बेबी’ को सुटिङ हुँदाताका अक्षय कुमारले अनुपख खेरलाई निधारमा चुम्बन गरेको तस्बिर पोष्ट गरे । शाहरुख खानले कान्छो छोरा अब्रामले गालामा चुम्बन गर्दै गरेको तस्बिरवाट निकै धेरै चर्चा पाएका थिए ।

यी हुन् दुनियाकै ठूलो वक्षस्थलवाली महिला

२०७१ माघ ४
जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।
उनका दुबै वक्षस्थलमा १०(१० लिटर सलाइन भरिएको छ र तौल २०(२० पाउण्ड अर्थात् नौ(नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ ।
यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला रु उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।
यी भिमकाय वक्षस्थलवाला युवती ट्विटरमा निकै चर्चित छिन् । उनको ट्विटर अकाउण्ट द्यभकजष्लभ उनका १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आफ्नो ट्विटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन् । गएको नोभेम्बरमा उनले आफ्नो ट्विटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आफ्नो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् ।

१०० वर्षकी वृद्धाले लगाइन् आकाशमा छलाङ, तोडिन् जर्ज बुसको रेकर्ड


आफ्नो १०० औँ जन्मदिनको अवसरमा एक वृद्धाले निकै साहसिक तरिकाले मनाउने निधो गरेसँगै उनले स्काइडाइभिङमा जाने सोच बनाइन् जुन साधारण कुरा थिएन ।
न्यूयोर्कको होवेस केभमा बस्ने एलियनर कनिङह्याम, १००, ले गत कात्तिक २२ गते ग्यान्स्भोर्ट साराटोगा स्काईडाइभिङमा आफ्नो १०० औँ जन्मदिनको ‘जम्प’ हानेकी छिन् ।
स्काइडाइभिङमा जानुभन्दा अगाडि यी हजुरआमाले आफ्नी पनातिनीकी सात महिने छोरीलाई चुम्बन गरेकी थिइन् । तर उनको यो पहिलो अनभव भने होइन । उनले आफू ९० वर्षको हुँदा पनि स्काइडाइभिङ गरेकी छिन् । आफू ९५ वर्षको हुँदा पनि उनी पुनः आकाशमा केहिबेरका लागि घुमेकी थिइन् ।
आफ्नी नातिनीसँग मध्य न्यूयोर्कमा बस्ने कनिङह्याम स्काइडाइभिङको लागि निकै उत्साहित थिइन्, डेली मेलले बतायो ।
उनको यो स्काइडाइभले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको रेकर्डलाई पनि तोडेकी छिन् । बुसले आफू ९० वर्षको हुँदा स्काइडाइभ गरेका थिए ।
उनका परिवारले उनको प्रत्येक कदमलाई रेकर्ड गरिरहँदा उनको अनुहार खुसीले चम्किरहेको थियो । उनी त्यतिबेला निकै खुसी देखिएकी थिइन् ।
उनका पाँच सन्तान, १४ नातीनातिना, २५ पनातिपनातिना र ३ जनातीजनातिना रहेका छन् । आफू शाकाहारी र सधैँ युवा पुस्तासँग रहिरहने उनको दैनिकीका कारण यति वर्षसम्म बाँच्न सफल भएको उनी बताउँछन् ।
स्काइडाइभिङका लागि उनकी डाक्टरले हस्ताक्षरसहित सहमती दिएकी थिइन् ।

चार हात–चार खुट्टा भएको बच्चा जन्मिएपछि भारतमा हंगामा मच्चियो


र्इश्वरको पुनर्जन्म भन्दै दर्शन गर्नेको भीड
भारतको पश्चिम बंगालस्थित बरुइपुरमा चार हात तथा चार खुट्टा भएको अनौठो बालक जन्मिएपछि त्यहाँ हंगामा मच्चिएको छ । मानिसहरुले साक्षात ब्रम्हा भगवानको पुनर्जन्म भएको भन्दै त्यो बच्चालाई हेर्न हजारौं मानिसहरुको भीड भएको छ ।

चार हातपाउ भएको बच्चा र्इश्वरको अवतार भएको विश्वासमा टाढा–टाढासम्मका गाउँलेहरु समेत बरुइपुरमा बच्चा हेर्न आएको बताइएको छ । जसका कारण बरुइपुर सहरका सडकमा मानिसको भीड लाग्यो र भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको छ । अस्पतालमा रहेको उक्त बच्चाको दर्शन गर्न दिनुपर्ने भन्दै मानिसहरु अस्पताल बाहिर नारावाजी गर्दै भजनकिर्तन समेत गरेका छन् ।
चारचार वटा हातपाउ भएको त्यो बालकको नाम नै र्इश्वर बालक राखिएको छ । छिमेकमै भगवान जन्मिएको भन्दै त्यो बच्चाका छिमेकीहरुले खुसी मनाइरहेको बताइएको छ ।
विज्ञहरुका अनुसार त्यो बच्चा र्इश्वरको स्वरुप नभइ भ्रुणको विकाशका क्रममा भएको असन्तुलनको परिणाम हो । पाठेघरमा भएका दुइ भ्रुणमध्ये एउटा राम्रोसँग विकशित हुन नसक्दा अर्को भ्रुणमा टाँसिन पुग्दा यस्तो हुने विज्ञहरुको भनाइ छ । बच्चाका अतिरिक्त हातखुट्टाहरु अविकशित जुम्ल्याहाका हातखुट्टा हुन् । तर मानिसहरुले भने ती साक्षात भगवानको हातपाउ भनि बच्चाको दर्शन गर्न व्यग्र प्रतिक्षा गरिरहेको बताइएको छ

नाङ्गो शरिरका निकै अनौठा तस्बिर


लण्डनका फोटोग्राफर कार्ल वार्नरले नाङ्गो र मांसपेशीयुक्त शरिरको प्रयोग गरेर निकै अनौठो तरिकाले मरुभुमीको तस्बिरजस्तो देखाउन सफल भएका छन् ।
वार्नरका यी सबै तस्बिरहरु नग्न शरिरको प्रकार हुन् र अचम्मको कुरा के छ भने सबै तस्बिरहरु एउटै मानिसको भिन्न–भिन्नै एंगलमा खिचिएका तस्बिर हुन् ।

रोचक सामाग्री

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

 काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई...

Readmore..

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

एजेन्सी– इन्टरनेट सर्ज इन्जिन ‘गूगल’ले आगामी बर्ष पृथ्वीको कक्षमा परिक्रमा गर्न सक्ने क्षमता भएको इ...

Readmore..

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटै रुखमा ४० थरीका फलफूल फलेको कहिल्यै देख्नुभएको छ । तर यस्तो वृक्षको विकास भएको छ, जहाँ एकैपटक ४...

Readmore..

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

ाबअभदययपअहिलेको समयमा सायद त्यस्ता कोही पनि व्यक्ति नहोलान् जसलाई सोसल मिडिया बारे जानकारी नहोस् ।...

Readmore..

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

ज्ञ वासिंगटन । पृथ्वीको ‘तेस्रो आँखा’ भनिने क्यापलर स्पेस टेलिस्कोपले तारामण्डलबाट १ हजार ४ सय प्रक...

Readmore..